कोरोनाविरुद्ध उपयोगी हुने भन्दै बेचिने लाखौं मूल्यको अवैध औषधीसहित ८ पक्राउ

145
बरामद औषधि र अभियुक्तलाई सार्वजनिक गरिँदै ।

नेपालगन्ज– कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भन्दै बिक्री गर्ने गरिएको अवैध औषधीसहित ८ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडा नम्बर २३ बस्ने बिपिन सापकोटा रहेका छन् । 

प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार एन्टीअक्सीडेण्ट, सिलाजित, ओ’मरिङ्गा, पानास गिन्सेन्स, नेट्रोभित्ता, डेपिलो, क्याल्सीयम लेखिएको औषधी भारतबाट पर्साको ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्बरको गाडीबाट बरामद भएको हो ।

भारतबाट अवैधरुपमा औषधी ल्याएर कोरोनाविरुद्ध रोग प्रतिरोध क्षमता बढाउन उपयुक्त हुने भन्दै अधिक मूल्य राखेर उक्त समूहले नेट्वर्किङ व्यवसायमा प्रयोग गर्ने गरेको भेटिएको जनाएको छ।

Womui
Womui