बालबालिकाद्वारा लिखित एवम् अभिनित एकपटक हेर्नै पर्ने भिडियो

220

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका स्तरीय बाल सञ्जाल गठन कार्यक्रमका अवसरमा सञ्जालमा आवद्ध बालबालिकाले बालविवाह र लागूपदार्थ दुव्‌र्यसन न्यूनीकरणका लागि नाटक देखाएका छन् । उक्त नाटकको कथा लेखन, अभिनय एवम् परिकल्पना बालबालिकाले नै गरेका हुन् । बालमैत्री गाउँ अभियान नेपाल कार्यक्रम अन्तर्गत राप्ती सोनारी गाउँपालिका स्तरीय बाल सभा निर्वाचनका अवसरमा उक्त नाटक देखाइएको हो । कैलाश सत्यार्थी चिल्डूेन फाउन्डेसन अमेरिकाको सहयोगमा नोभेम्बर २०१८ देखि बालमित्र गाउँ अभियान नेपाल परियोजना अन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बेसले राप्ती सोनारी गाउँपालिका महिला तथा बालबालिका शाखासँग समन्वय र संयुक्त आयोजनामा सञ्जाल गठन गर्दै आएको छ ।

Womui
Womui