मंसिर २९ मा कांग्रेसको देशव्यापी प्रदर्शन

40

नेपालगन्ज– कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदर्शन गर्ने भएको छ। नेकपाभित्रको विवादका बीच सरकारले संसदको अधिवेशन बोलाउन सकेको छैन । मंसिर २९ मा देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने पनि निर्णय कांग्रेसले गरेको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेको भन्दै ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ घटनाबारे बैठकमा ब्रिफिङ गरेका थिए । पौडेलले प्रधानमन्त्रीकै निर्देशनमा पुल उद्घाटनमा अवरोध गरिएको आरोप लगाएका छन् ।

Womui
Womui