स्रोत नखुलेको १६ लाख रुपैयाँसहित अन्सारी पक्राउ

55

काठमाडौं- नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालको टोलीले बारा पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा इलाकाबाट स्रोत नखुलेको रकमसहित सिम्रौनगढ गनरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा अन्सारीबाट उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

Womui
Womui