नेपाल वायु सेवा निगमलाई हङकङ उडानमा चौथोपटक प्रतिबन्ध

33

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निमगलाई हङकङ उडानमा चौथो पटक उडान प्रतिबन्ध लागेको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको जहाजमा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले निगममाथि १५ दिनको बन्देज लगाएको हो ।

यसअघि यस्तै घटनामा तीनपटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको जहाजमा ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो भने दोस्रोपटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि भने करिब एक साताको अन्तरालमा भएको काठमाडौं–हङकङ उडान गरेको एयरलाइन्समा पुनः १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

पटक–पटकको आफ्ना यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि र प्रतिबन्ध लाग्दै आएपछि निगमले निजी ल्याबको कारण समस्यामा परेको निश्कर्ष निकाल्दै यात्रुहरुलाई सरकारी ल्याबबाट मात्र टेस्ट गर्न र रिपोर्ट बुझाउन भनेको थियो ।

Womui
Womui