रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

71

चेन्नई– भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताए । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्ने बताएका हुन् ।

’हामीले नयाँ राजनीतिक दल गठन गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यसमार्फत अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ उनले भने । ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए । ’मैले पटक पटक विभिन्न व्यक्तिहरूसँग छलफल गरेँ, उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भनेका छन् ।

धेरैले आफूलाई सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता देखिएको रजनीकान्तको भनाइ छ । तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मेसम्म विधान सभा निर्वाचन हुने तय भएको छ । एजेन्सी

Womui
Womui