भारतीय बसको सुविधा नेपालगन्जबाटै

719

नेपालगन्ज–भारतका विभिन्न स्थानमा जानका लागि नेपालगन्जमै सम्पर्क कार्यालयको सुरुवात भएको छ । नेपालीहरुको आवश्यकतालाई मध्यनगर गर्दै भारत जानका लागि सुविधासम्पन्न बसको व्यवस्था मिलाइएको हो ।
श्री जय बागेश्वरी टुर एण्ड ट्राव्हल्सले बिहीबारदेखि नै सम्पर्क कार्यालयको सुरुवात गरेको हो । सम्पर्क कार्यालयको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आदेश अग्रवालले बिहीबार रिवन काटेर गरेका छन् ।
अग्रवालले नेपालगन्जमै सम्पर्क कार्यालय खोलिनु राम्रो कुरा भएको बताएका छन् । उनले नेपालीहरुले भारत जाने क्रममा दुःख पाउने भएकाले नेपालगन्जबाटै सम्पर्क गरेर जाँदा सुरक्षित र सहज रूपमा जान सहिने बताए । अग्रवालले जय बागेश्वरी ट्राव्हल्सलाई आवश्यकता परे उद्योग वाणिज्य संघले सहयोग गर्नेसमेत बताए ।
नेपालगन्ज, बसपार्क रोडमा खोलिएको सम्पर्कबाट भारतका राजस्थान, अहमदाबाद, गुजरात, बरोडा, सुरत, दमन, सिम्ला, मुम्बईलगायतका स्थानका लागि बसको व्यवस्था गरिएको छ ।

नेपालीहरुलाई भारत जानको लागि अन्य भारतीय बसभन्दा धेरै सुविधा मिल्ने ट्राव्हल्सका सञ्चालक रेडक्रस चन्दले बताए । उनले भने, ‘अन्य गाडी सरह नै हामीहरुले भाडा तोकेका छौं । तर अन्य गाडीहरुको भन्दा धेरै सुविधाहरु हामीले दिन्छौं र यात्रुहरुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउँछौं ।’
चन्दले नेपालीहरुको सुविधाका लागि आगमी दिनमा नेपालगन्जबाटै भारत जानको लागि बसको व्यवस्था हुनेछ । ‘अहिले कोरोनाले गर्दा नेपाल–भारत बस सञ्चालन गर्न सकिने अवस्था छैन । तर पछि सबै प्रक्रिया मिलाएर नेपालगन्जबाटै बस सञ्चालन गर्ने योजना रहेको छ ।’
साथै सम्पर्क कार्यालयबाट नेपालका विभिन्न स्थान पनि जाने व्यवस्था मिलाइएको छ । सम्पर्क कार्यालयले काठमाडौं, सल्यान, रुकुमलगायतका ठाउँ जानको लागि राप्ती जनता यातायात सेवा प्रालिको पनि सुरुवात गरेको हो ।

Womui
Womui