देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेपछि पौडेल रिहा

65


छिनछिन खबर
काठमाडौं
– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मालाई फोन गरेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता पौडेललाई तनहुँमै रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।

रामचन्द्र पौडेल ।


व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । पौडेलले आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले बोलाएर गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको बताए ।
काँग्रेसका सभापति देउवाले पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका थिए ।

Womui
Womui