उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, यस्तो छ नयाँ टिम

145


छिनछिन खबर
काठमाडौं
– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले एशोसिएटतर्फ ५२२ वस्तुगतमा चन्द्र ढकालले ५९ र जिल्लानगरतर्फ ५२ मत प्राप्त गरे ।

त्यस्तै उनका प्रतिस्पर्धी प्रधानले एशोसिएटतर्फ ३७५, वस्तुगतमा ३९ र जिल्लानगरतर्फ ५३ मत प्राप्त गरे । ढकालले कुल ५४.२६ प्रतिशत र प्रधानले ४५.७४ प्रतिशत मत ल्याए । यसअघिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन् । महासंघमा अब गोल्छाको अध्यक्षतामा नयाँ टिम बनेको छ ।


उपाध्यक्ष र केन्द्रीय सदस्यमा को को निर्वाचित भए ?
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराए । जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रधान समूहकै दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले गुणनिधि तिवारीलाई हराए । त्यस्तै एशोसिएट उपाध्यक्षमा ढकाल समूहमा रामचन्द्र संघई निर्वाचित भएका छन् । उनले सौरभ ज्योतिलाई पराजित गरे ।


वस्तुगततर्फ निर्वाचित सदस्य यी हुन्ः
प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्तबहादुर हमाल
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गोविन्द ढुंगेल
विष्णु गैरे
सकुनतलाल हिराचन
सुवोध गुप्ता
सन्दीप कुमार अग्रवाल

जिल्ला नगरतर्फ निर्वाचित सदस्यको नाम निम्न छः
राजन श्रेष्ठ
तारानाथ घिमिरे
शोभाकान्त पौडेल
कमलकुमार श्रेष्ठ
गजेन्द्रकुमार भगत
चक्रबहादुर अधिकारी
अरुणराज सुमार्गी
देवकुमार श्रेष्ठ
रामेश्वर मानन्धर
कमानबहादुर खड्का
सुरकृष्ण वैद्य
कुविरकुमार श्रेष्ठ
डीबी बस्नेत
गोपाल केडिया
महेन्द्रकुमार श्रेष्ठ
उमेश डालमिया
किशोरकुमार आचार्य
अमृत भट्टचन

एशोसियटतर्फ निर्वाचित सदस्य यी हुन्ः
अम्बिकाप्रसाद पौडेल
अबिनास बोहरा
आनन्द बगरिया
कृष्णलाल महर्जन
गोपाल खनाल
ज्योत्स्ना श्रेष्ठ
देशबन्धु बस्नेत
प्रवलजंग पाण्डे
भरतराज आचार्य
रन्जित आचार्य
राजेशकुमार अग्रवाल
विजयसिंह वैद्य
शक्तिकुमार बेगानी
साहिल अग्रवाल
सैलेन्द्र गुरागाई
शुसील थापा
हेमन्त गोल्छा
मंगेशलाल श्रेष्ठ र बिराट थापाको भने बराबर आएको छ । उनीहरूको गोलाप्रथाबाट निर्णय लिइने निर्वाचन समितिले जनाएको छ ।

Womui
Womui