नेपालगन्जमा ‘राजा ल्याऔं, देश बचाऔं’

191

नेपालगन्ज– राजा ल्याऔं, देश बचाउ भन्दै नेपालगन्जका जनता सडकमा उत्रिएका छन् । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राजसंस्थाको पुनर्स्थापना मागसहित हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको छ । देशमा भ्रष्टाचार अन्त्य गर्नु पर्ने, गाउँ गाउँमा हल्ला छ, राजा आउने पक्का छ, हिन्दू राष्ट्र कायम गर्नलगायतका माग र नारा लगाउँदै राजसंस्था समर्थक तथा हिन्दू राष्ट्रवादी संघको आयोजनामा र्याली निकालिएको हो ।

बागेश्वरी मन्दिरबाट सुरु भएको र्याली सुर्खेतरोड, बिपी चौक, गणेशमान चौक, चारबाहिनी, त्रिभूवन चौक हुँदै धम्बोझी चौकमा पुगी कोण सभामा परिणत भएको थियो ।

Womui
Womui