भारतीय सेनामा कार्यरत दाङ, तुल्सीपुरका प्रेम केसी कश्मीर हमलामा मारिए

178


छिनछिन खबर
तुलसीपुर–
तुल्सीपुर स्थायी घर भई भारतीय सेनामा कार्यरत प्रेम केसी कश्मिरमा आतंककारी हमलामा मारिएका छन् । भारतको जम्मु कश्मीरमा कार्यरत तुलसीपुर– ९ बेलुवा निवासी ३० बर्षीय केसीको आतंकारी हमला परी मृत्यु भएको परिवारले जनाएको छ ।

केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे दाजु तुलसीले बताए । उनका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरी घटनाबारे जानकारी दिएको थियो । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । प्रेम १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहँदै आएका थिए । उनका पत्नीसहित ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन् ।

Womui
Womui