सीमा बन्दमा इन्धन तस्करी, तीन पक्राउ

160

विराटनगर– कोरोना संक्रमणका नेपाल–भारत सीमा सिल गरिएको भए पनि भारततर्फ मोटरसाइकलमा डिजेल तस्करी गरिरहेको अवस्थामा विराटनगर–११ बाट ३ व्यक्ति पक्राउ परेका छन् ।  पक्रा पर्नेमा सुनसरीको हरिनगर–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय अजाम खान र ५० वर्षीय अकवल मियाँलाई रहेको प्रहरीले जानकारी दिएको छ । प्लाष्टिकको ग्यालेनमा भरेर तीनवटा मोटरसाइकलमा भारततिर डिजेल लैजाँदै गरेको अवस्थामा उनीहरु बिहान ८ बजेतिर पक्राउ परेका हुन् । उनीहरुबाट चार सय ३० लिटर डिजेल बरामद भएको छ भने नेपालमा भन्दा भारतमा प्रति लिटर २० देखि ३० रुपैयाँसम्म डिजेल महँगो छ ।

Womui
Womui