पारस खड्का दशकको आइसिसी उत्कृष्ट एसोसिएट क्रिकेटर मनोनयनमा

22


छिनछिन खबर
काठमाडौं
–नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको सूचीमा खड्का शतकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन् ।

पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला पनि परेका छन् । आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ ।

यो अवार्डको मनोनयनमा परेका खेलाडीलाई भोट गर्न आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्थान गरेको छ । अवार्ड आगामी १७ डिसेम्बरमा घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्