ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख प्रति बिक्री

259

एजेन्सी– नोभेम्बर १७ मा सार्वजनिक भएको अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै झण्डै ९ लाख प्रति बिकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि ओबामाले पुस्तकमा चर्चा गरेका छन् । ओबामाको नयाँ पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै विक्री हुने अनुमान गरिएको छ ।

यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति विक्री भएको थियो । सन् २०१८ मा प्रकाशित उक्त पुस्तक अहिलेसम्म विश्वभर गरेर १ करोड प्रतिभन्दा बढी विक्री भइसकेको छ ।

सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी विक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो । सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी बिक्री भएको थियो ।

Womui
Womui