मास्क नलगाउनेलाई दुई हजार रुपैयाँ जरिवाना

52

एजेन्सी(नयाँ दिल्ली)– मास्क नलगाएर सार्वजनिक स्थलमा जानेलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना लगाइएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानुन ल्याएको जनाउँदै दिल्ली सरकारले बिहीबारदेखि लागू हुने गरी उक्त कानुन ल्याएको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सार्वजनिक स्थलमा मास्क लगाउँदा मात्र समेत संक्रमणबाट बच्न सकिने भन्दै उनले कोरोना नसरोस् भनी यस्तो नियम ल्याइएको बताए । उनका अनुसार अहिले पनि दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेड उपलब्ध छन् । पछिल्लो समय भारतमा संक्रमण दरमा उल्लेख्य कमी आएको छ । केजरीवालले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययन गर्न सर्वपक्षीय बैठक बोलाएका थिए ।

केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार रहेको उल्लेख गरे । दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन समेत रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरेका छन् ।

Womui
Womui