आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार, पीडक पक्राउ

206

जनकपुर– धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेको खुलासा भएको छ । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ वर्षीया आरती साह र उनकी छोरी तीन वर्षीया रिया साहमाथि सञ्जीव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् । पत्नी र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जीवलाई जनकपुर-४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। 

३ वर्षअघि आरतीको विवाह भएको थियो । पतिसँग राम्रो सम्बन्ध नभएकै कारण साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए । शनिबार बिहान पत्नीको कोठा पुगेका २४ वर्षीय सञ्जीवले आमा छोरीमाथि एसिड प्रहार गरेका थिए ।

एसिड आक्रमणबाट आरतीको अनुहारसहित पेट र छातीलगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui