वाइडेन ४६ औं राष्ट्रपति, राष्ट्रपति भण्डारी र प्रम ‌ओलीको बधाई

63

काठमाडौं– डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । वाइडेन राष्ट्रपतिमा निर्वाचित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी हुन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्।

सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् । यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत गणनामा पनि अघि छन् । यी तीन राज्य पनि जितेमा उनले ३०६ इलेक्टोरल मत पुर्याउनेछन् । सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यति न इलेक्टोरल मत पाएका थिए ।

बाइडेन विजयसँगै ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित नहुने सिमित राष्ट्रपतिको सूचीमा सामेल भएका छन् । दोस्रो विश्व युद्ध पछि जेरार्ल्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुसले दोस्रो कार्यकाल पाएका थिएनन् । ७८ वर्षीय बाइडेनले सबैभन्दा बृद्ध निर्वाचित राष्ट्रपतिको रेकर्ड समेत बनाएका छन् । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको उप राष्ट्रपति रहेका उनी त्यस अघि तीन दशक बढि डेलावयरबाट सिनेटर थिए । बाइडेनको विजयसँगै कमला ह्यारिस पहिलो महिला  उपराष्ट्रपति बन्ने भएकी छिन् । उनी भारतीय आमा एवम् जमैकन पिताकी छोरी हुन् ।

ट्रम्पले चार बर्षसम्म कोरेको विभाजको रेखा आफूले मेट्ने बाइडेनको दाबी छ । आफूलाई भोट हाल्ने र नहाल्ने सबै नागरिकलाई समान आँखाले हेर्दै अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको गुमेको छवी फिर्ता ल्याउने उनले बताउँदै आएका छन् ।

बाइडेनल निर्वाचित भइ सकेपनि ट्रम्पले पराजय स्वीकार्न मानेका छैनन् । निर्वाचनमा धाँदली भएको र अदालत गएर आफुले चुनावी नतिजा उल्टाउने उनको दावी छ । तर, कहाँ कस्तो धाँदली भयो भन्ने प्रमाण उनी र उनको क्याम्पेनले सार्वजनिक गर्न सकेको छैन ।

Womui
Womui