तिहारमा देउसी भैलो खेल्न नपाइने

50
फाइल तस्बिर ।

नेपालगन्ज– यस वर्षको तिहारमा देउसी भैलो नखेल्न नखेलाउन नेपाल प्रहरीले निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए। महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएका हुन् ।

त्यस्तै देउसी भैलो खेल्दा भीडभाड बढी हुने भएको भन्दै कार्यालय बाँकेले सूचना जारी गर्दै देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी भैलो खेलेको पाइएमा कारवाही गर्नेसमेत चेतावनी दिएको छ ।

यस्तै कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ । चाडपर्वका अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत अनुरोध गरिएको छ । प्रशासनले जारी गरिएका निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।

Womui
Womui