सुख्खा पहिरोमा पुरिएर कालिगण्डकी करिडोरका ५ मजदुरको मृत्यु

143

नवलपुर– सुख्खा पहिरोमा पुरिएर कालिगण्डकीका ५ मजदुरको मृत्यु भएको छ । सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेको अवस्थामा बुधबार साँझ माथिबाट ढुङ्गा खसेर मजदुर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने सबै बुलिङटार–४ का बासिन्दा रहेका छन् । मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन् । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् ।

Womui
Womui