राप्तीसोनारी गाउँपालिका पूर्ण रुपमा सञ्चालन

62

बाँके (राप्तीसोनारी)– कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बन्द रहेको राप्तीसोनारी गाउँपालिका कार्यालयको काम आइतबारबाट पूर्ण रुपले सञ्चालनमा आएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिका तथा वडा कार्यालयका अत्यावश्यक बाहेकका काम कात्तिक १२ गतेदेखि बन्द गरिएको थियो । स्वास्थ्य सुरक्षा अपनाएर कार्यालयको काम पुनः सुरु गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले स्वास्थ्य सतर्कता अपनाउन अध्यक्ष थारुले सबैलाई आग्रह गरेका छन् । यसअघि पनि कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका र वडा कार्यालय बन्द गरिएको थियो । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयको कामकाज पटक–पटक बन्द हुने गरेको छ ।

Womui
Womui