पत्रकार चन्द्रेश्वर त्रिपाठीलाई मातृ शोक

161

नेपालगन्ज– नेपालगन्जबाट प्रकाशन हुने समाज जागरण साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक, सत्यम खबर डट कम अनलाइन पत्रिकाका प्रकाशक/सम्पादक एवम् अवधी पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई मातृ शोक परेको छ । केही दिनदेखि अस्वस्थ रहेकी त्रिपाठीकी ७७ वर्षीय आमा सावित्री देवी त्रिपाठीको शुक्रबार दिउँसो पौने एक बजे निधन भएको हो ।

६ छोरा र दुई छोरीकी आमा स्वर्गीय त्रिपाठीको शनिबार बिहान १० बजे राप्ती नदीस्थित सिधनिया घाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ । उनको निधन प्रति दुःख प्रकट गर्दै अवधी पत्रकार संघ नेपालले शोक बक्तव्य जारी गरेको छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा छिनछिन खबर पब्लिकेसन प्रालि हार्दिक समवेदना प्रकट गर्दछ ।

Womui
Womui