दुःखलाई बिर्सेर ‘मोहम्मद डे’ मा रम्यो नरैनापुर

129

बाँके (नरैनापुर)– बाँकेको नरैनापुर गाउँपालिकावासी मोहम्मद डेमा कोरोना कहरको दुःखलाई बिर्सिएर रमाएका छन् । विगतका दिनमा कोरोना महामारीको हटस्पट बनेको नरैनापुरवासीलाई समयले जस्तोसुकै दुःख कष्ट दिए पनि सहजै त्यसलाई स्वीकारेर रमाउन सिकाएको छ । फलस्वरूप गाउँपालिकाका ६ वटै वडाका स्थानीय नरैनापुर गाउँपालिकाको कार्यालय अगाडि भेला भएर धुमधामका साथ मोहम्मद डे मनाएका छन् । मुस्लिम समुदायका अलावा गैरमुस्लिम पनि भेला भएर कोरोना कहरलाई बिर्सिँदै एकआपसमा शुभकामना साटासाट गरे । वडा नम्बर १, २ र र ३ का स्थानीय पूर्वबाट पश्चिम र वडा नम्बर ४, ५ र ६ का स्थानीय पश्चिमबाट पूर्व लावालस्करसहित भेला भई धुमधामका साथ मोहम्मद डे मनाएका हुन् ।

गाउँपाालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले यसपटकको मोहम्मद डेमा अभूतपूर्व सद्भाव देखिएको बताए । कोरोना महामारीले थला पारेको गाउँपालिकामा मोहम्मद डे मनाइरहँदा गैरमुस्लिम समुदायको ठूलो उपस्थितिले सामाजिक एवम् धार्मिक सद्भावलाई अझ मजबुत बनाएको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहका अनुसार गाउँपालिकावासीमा सामाजिक एवम् धार्मिक सद्भावको बिजारोपण भएको छ ।

मोहम्मद डेको जुलुसमा संविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको पनि उपस्थिति रहेको थियो । नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक बिदासमेत दिएको थियो ।

Womui
Womui