सेवाग्राहीको अभिमत बुझ्न सर्वेक्षण

125
अभिमुखीकरणमा सहभागी सर्वेक्षक ।

नेपालगन्ज–बाँकेका विभिन्न १२ सार्वजनिक निकायबाट प्रवाह हुने सेवाबारे सर्वेक्षण गरिँदै छ । देश संघीयतामा गइसकेपछि सार्वजनिक निकायबाट हुने सेवाप्रवाहबारे आमनागरिकको अभिमत सङ्कलन गर्ने उद्देश्यले सर्वेक्षण गर्न थालिएको हो ।

सर्वेक्षणका लागि १२ वटा कार्यालयहरु छनौट गरिएको छ । जसमा जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, आन्तरिक राजस्व कार्यालय बाँके, नेपालगन्ज भन्सार कार्यालय बाँके, यातायात व्यवस्था कार्यालय बाँके, भेरी अस्पताल नेपालगन्ज, मालपोत तथा भूमिसुधार कार्यालय बाँके, नापी कार्यालय बाँके, शिक्षा समन्वय समितिको कार्यालय बाँके र वाणिज्य कार्यालय नेपालगन्ज रहेका छन् ।

भ्रष्टाचारविरुद्ध क्रियाशील गैरसरकारी संस्था बासले एक्सनएड नेपालको सहकार्यमा सर्वेक्षण गर्दै छ । सर्वेक्षणको समावधि २०७७ कात्तिकदेखि २०७७ मंसिरसम्म रहने बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । ६ जना युवाद्वारा सङ्कलित सर्वेक्षणको नतिजा एक कार्यक्रमबीच सार्वजनिक गरिने छ भने सार्वजनिक गरिएको नतिजा उपर छलफल गरी सार्वजनिक प्रतिबद्धता समेत जारी गरिने निर्देशक शाहले बताए ।

परिवर्तित अवस्थामा धेरै सरकारी कार्यालय स्थानीय तहमा गइसकेका छन् । तथापि जिल्लामा रहेका कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीहरुको सन्तुष्टि विवरण संकलन गरिने बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । सार्वजनिक सेवासुविधाबारे नागरिकको सन्तुष्टि सार्वजनिक गर्ने, सेवाग्राहीका गुनासा सेवाप्रदायक निकायसम्म पु¥याइ पृष्ठपोषण दिने, सार्वजनिक सेवाको प्रभावकारिताका लागि सरोकारवालालाई प्रतिबद्ध बनाउने उद्देश्यले गर्न थालिएको सर्वेक्षणमा ५०० जना नागरिकलाई सहभागी गराइने भट्टले जानकारी दिए ।

यसैबीच सर्वेक्षकलाई बिहीबार बास कार्यालयमा अभिमुखीकरण प्रदान गरिएको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सर्वेक्षणको उद्देश्य, प्रकृया, अवधि, सर्वेक्षणमा प्रयोग गरिने प्रश्नावलीलगायतका विषयमा सहजीकरण गरेका थिए ।

Womui
Womui