कक्षा १२ को परीक्षा ९ मंसिरदेखि

17


छिनछिन खबर
काठमाडौं–
लामो समयदेखि कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा समय विहान ८ बजे सुरु हुनेछ । परीक्षा मंसिर १६ मा सकिनेछ । त्यस्तै कोभिड–१९ संक्रमित विद्यार्थीलाई बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्