मानवअधिकारसँग जोडिएका सवालको अवस्थाबारे संयुक्त अनुगमन

148

नेपालगन्ज–बर्दिया बढैयाताल गाउँपालिकाको विभिन्न वडामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणको अवस्थाबारे संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा नम्बर ५ र ६ मा लैङ्गिक तथा घरेलु हिंसाबाट पीडित २ जना महिलालाई न्यायिक सहजीकरणमा मेलमिलाप गरेको पाइएको छ ।

यसैगरी अन्य पीडित महिलाहरुका मुद्दा, नागरिकतालगायतका घटनाका समस्या समाधान भएको छ । पारस्परिक जबाफदेहिता परियोजना मानवअधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको कार्यक्रमले हिंसाका घटनामा न्यूनीकरण तथा स्थानीय तह न्यायिक समितिमार्फत् विवाद समाधान भएको हो ।

संस्थाले न्यायिक समितिका पदाधिकारी तथा स्थानीय नागरिकलाई मानवअधिकार र कानुनका बारेमा क्षमता अभिवृद्धि गरेपछि विवाद समाधान तथा मानवअधिकारका सवाललाई सहजीकरण गर्न सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष दीपा गौतमले बताए । संस्थाले बाँके र बर्दियामा शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसा, र मानवअधिकारको अवस्थाबारे नियमित अनुगमन गरेको उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्टले बताए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्य, कृषि नरैनापुरमा स्वास्थ्य र बर्दियाको बढैयातालमा लैङ्गिक हिंसाको अवस्थाका विषयमा अनुगमन गरिएको हो ।

Womui
Womui