गस्तीमा खटिएका प्रहरीको हत्या गर्ने ७ जना सार्वजनिक

58


छिनछिन खबर
धनगढी —
कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ गरिएकामा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय रामगोपाल राना छन् । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएकाहरुले प्रारम्भिक अनुसन्धानका क्रममा े हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

जुगेडा क्षेत्र नेपाल–भारत दुवै तर्फबाट तस्करी हुने नाका हो । यही नाकामा शनिबार राति चौकीका इन्चार्ज विकले जवान साउदलाई आफूसँगै लिएर गस्तीमा निस्किएका थिए । त्यसैक्रममा तस्करहरुले प्रहरीलाई घेरा हालेर हत्या गरेको डिएसपी प्रतिक बिष्टले बताए । ‘नेपालबाट भारततर्फ मटरको दाल गोरु गाडामा राखेर मोहना नदी हुँदै भारततर्फ चोरी निकासी गर्ने क्रममा गस्तीमा रहेका प्रहरीले रोक्न खोज्दा तस्करहरुले प्रहरीको हत्या गरेको विष्टले बताए । पछाडिबाट धारिलो हतियार प्रहार गरी ढालेपछि प्रहरीले आफूसँग रहेको पिस्तोल चलाउन नपाएको पाइएको छ ।

Womui
Womui