शाहको संयोजकत्वमा कोभिड अनुगमन समिति

167

नेपालगन्ज–लक्ष्मी नारायण शाहको संयोजकत्वमा नेपाली कांग्रेस बाँकेको कोरोना भाइरस कोभिड–१९ अनुगमन समिति गठन गरिएको छ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाहले नेतृत्व गरेको समितिमा ५९ जना सदस्य रहेका छन् ।

समितिले बाँकेमा कोरोना भाइरसले पारेको प्रभाव, त्यसको रोकथाम र नियन्त्रणका लागि भएका प्रयास लगायतका विषयमा अध्ययन गर्नेछ । महाधिवेशन प्रतिनिधि शाहले कोरोना भाइरसका कारण सृजना भएका समस्या र यसको रोकथामका निम्ति राज्यले खर्च गरेको रकमको सदुपयोगलगायतका विषयमा अनुगमन गरिने बताए ।
उनले भने, ‘राज्यले कोरोनाको नाममा अर्बौ रकम खर्च गरेको छ । त्यसको सदुपयोग कसरी गरिएको छ । धेरै ठाउँमा कोरोनाका नाममा भएका खर्चको बारेमा जनताले प्रश्न उठाएका छन । त्यसका बारेमा पनि हामीले अध्ययन गरेर केन्द्रमा सुझाव पठाउने छौं ।’

नेपाली कांग्रेसले गत भदौ ८ गते देशका विभिन्न जिल्लामा कोरोना अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो । पार्टीका सह– महामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा समिति गठन गरिएको थियो । जस अन्तर्गत बाँकेमा शाहलाई संयोजकको जिम्मेवारी दिइएको हो । बाँकेका समितिमा विभिन्न क्षेत्रका युवाहरु, पत्रकार, सामाजिक क्षेत्रमा काम गरिरहेका युवाहरुलाई समेटिएको संयोजक शाहले बताए ।

Womui
Womui