नेपाली कांग्रेसका सांसदको निर्णय– दसैं भत्ता लिदैनौं

81


छिनछिन खबर
काठमाडौं
–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना खातामा आएको दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय भएको हो जानकारी दिए ।

यसअघि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले संसदीय दलले तत्काल संसदीय निर्णय गरी दसैं भत्ता नलिई जनताको उपचारका लागि कोरोना कोषमा जम्मा हुने गरी फिर्ताको निर्णय जनभावना अनुकूलको कदम हुने भन्ने धारणा सार्वजनिक गरेका थिए ।

खाँणले भत्ताको रकम जनताको उपचारका लागि संघीय संसद् सचिवालयमार्फत सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको बताए । सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको भन्दै चौतर्फी विरोध भइरहेको छ । सत्तापक्षकै केही सांसदले पनि दसैं भत्ता फिर्ता गरिरहेका छन् ।

Womui
Womui