रक्षकद्वारा आगलागी नियन्त्रण सम्बन्धी सेवा सुरु

97

गणेश राई
नेपालगन्ज–रक्षक ग्रुप अफ कम्पनीज्ले आगलागी नियन्त्रण सम्बन्धी सेवा सुरु गरेको छ । आगलागी नियन्त्रणका लागि प्रयोग हुने पाउडर, फोम, कार्बनडाइअक्साइड ग्यास, फायर वल , फायर ब्ल्याङ्केट, फायर मोडुलर, फायर प्रुफ पोसाक, हेलमेटलगायतका सामाग्रीहरुको बिक्री वितरण सुरु गरेको हो ।

यसैगरी यी सामाग्रीको होमडेलिभरी र फिटिङको सेवा पनि रक्षकले दिने भएको छ । यी उपकरणहरु कसरी प्रयोग गर्ने भन्नेबारे तालिम प्राप्त र अनुभवी रक्षकहरुले अनुिशक्षण दिने छन् । रक्षक ग्रुप अफ कम्पनीज छोटो समयमै गुणस्तरीय सेवा तथा दक्ष र तालिम प्राप्त जनशक्तिका कारण चर्चित बन्न पुगेको रक्षक सेक्युरिटिजको भातृ संस्था हो ।
रक्षक ग्रुप अफ कम्पनीजका कार्यकारी अध्यक्ष जयनारायण शाहले काठमाडौं बालुवाटारस्थित कर्पोरेट अफिस र नेपालगन्ज बुलबुलियास्थित अफिसबाट घटस्थापनाकै दिनदेखि सेवा सुरु गरिएको बताए । निकट भविष्यमा ‘ आउटलेट ’ खोलिनेसमेत उनले जानकारी दिए । ‘ नेपालगन्ंज जस्तो प्रचण्ड गर्मी हुने क्षेत्रमा यो सेवाबाट धेरैजना लाभान्वित हुनेछन्,’ ‘शाहले भने,‘ उद्योग धन्दा र व्यवसायिक क्षेत्रले मात्र होइन प्रत्येक घरमा, प्रत्येक भान्सामा यस्ता उपकरण आवश्यक छ ।’ नेपालगन्जमा भएको ठूलो आगलागी नियन्त्रणमा प्रहरीको समन्वयमा रक्षकहरु खटाइएको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो कार्यमा रक्षकहरु खटिने प्रतिबद्धता पनि रक्षक सेक्युरिटिजले दोहोर्‍याएको छ ।

Womui
Womui