पूर्वराजाले यसवर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

81


छिनछिन खबर
काठमाडौं–
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
उनको सचिवालयले सूचना जारी गर्दै कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दसैं शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरेको जनाएको छ ।

साथै महाअष्टमीका दिन राजाबाट हुने विभिन्न शक्ति पीठको दर्शन कार्यक्रम पनि नहुने भएको छ ।

Womui
Womui