विश्वकप छनोटमा ब्राजिल छनोट, ४–२ ले पेरु पराजित

158


काठमाडौं– सन् २०२२ मा हुने फिफा विश्वकपमा ब्राजिल छनोटमा परेको छ । ब्राजिलले पेरुलाई ४–२ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे । खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुले अग्रता लियो । उसका लागि कारिलोले गोल गरे । २८ मिनेटमा ब्राजिलले पेनाल्टी पायो । प्राप्त अवसरमा नेइमारले बराबरी गोल गर्न सफल भए ।

नेइमारलाई पेरुका डिफेन्डरले डिबक्स भित्र तानेपछि पेनाल्टी दिइएको थियो । ३१ मिनेटमा नेइमारले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए । खेलको ५९ मिनेटमा पेरुले खेलमा दोस्रो पटक अग्रता लियो । पेरुका तापाइले उत्कृष्ट गोल गरेर २–१ ले अग्रता लिए । खेल बराबरीमा फर्काउन ब्राजिललाई ६४ मिनेटसम्म कुर्नु प¥यो । ६४ मिनेटमा ब्राजिलले बराबरी गोल फर्कायो । रोबर्टो फिर्मिनोले उपलब्ध गराएको पासमा रिचार्लीसनले गोल गरेका थिए । ८३ मिनेटमा ब्राजिलले खेलमा पेनाल्टीमार्फत खेलमा अग्रता लियो ।

प्राप्त पेनाल्टीमा ब्राजिलका लागि नेइमारले गोल गरेका थिए । पेरुका लुइस अब्रामले ब्राजिलका रिबेरोलाई धेकेलेपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो । ८६ र ८९ मिनेटमा गरी पेरुले दुई वटा रातो कार्ड पाएको थियो । पेरुका काकेडा र जाम्ब्रानलाई रेफ्रीले रातो कार्ड देखाए । ८६ मिनेटमा बेन्चमा रहेका रिजर्भ गोलकिपर काकेडाले अभद्र व्यवाहार देखाएपछि रेफ्रीले रातो कार्ड देखाए । ८९ मिनेटमा जाम्ब्रानले ब्राजिलका रिचार्लीसनलाई मुखमा हिर्काएपछि रातो कार्ड दिइएको थियो। । इन्जुरी टाइमको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गरे । उनले रिबेरोको पासमा गोल गर्न सफल भए ।
एजेन्सी

Womui
Womui