सुनसरीको दुबहीमा भ्यानमा आगजनी

36

सुनसरी, भदौ २४–
सुनसरीको दुहबीमा आज बिहान पिकअप भ्यानमा एक समुहले आगजनी गरेको छ । दुहबीमा को १ च २६९८ नम्बरको पिकअप भ्यानमा बन्दकर्ताहरुले आगजनी गरेका हुन् । बन्दकर्ताहरुले बा १ च ५५१८ नम्बरको मारुती भ्यान पनि तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले आगो लगाउन खोज्दा प्रहरी पुगेपछि तोडफोड गरेर भागेको दुहबीका प्रहरी निरिक्षक बेदप्रकाश गौतमले बताए । बन्दकर्ताहरु सानो समुह बनाएर दुहबीको विभिन्न चोकमा प्रदर्शन गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सार्वजनिक तथा निजी सवारी साधनमा तोडफोड गर्न थालेपछि सुरक्षा कडा पारिएको प्रहरीले जनाएको छ ।

Womui
Womui