कर्णालीका मुख्यमन्त्रीविरुद्ध सत्ता पक्षकै सांसदद्वारा अविश्वास प्रस्ताव

222


छिनछिन खबर
सुर्खे
त– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्ता पक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् । सरकारका काम, कारवाही प्रभावकारी नभएको उनीहरुले आरोप लगाएका छन् ।

संसदीय दलको विधान २०७५ को नियम २ (१) प्रस्ताव दर्ता गराउनेमा पूर्वमन्त्री यमलाल कँडेल, प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीमगर लगायत छन् । प्रस्ताव दर्ता गर्नेमा ३ जना पूर्व माओवादी सांसद छन् भने अन्य पूर्व एमाले हुन् । कर्णालीमा नेकपाका ३३ जना सांसद छन् ।

Womui
Womui