खेतखेतमा पक्की सिँचाइ नहर

289

भेरीगंगा नगरपालिकाले सिँचाइका लागि नगरभित्रका खेतीयोग्य जमिनमा पक्की सिँचाइ नहर निर्माणले गति पाएको छ । खेतखेतमा सहज पानी पुर्याउन पक्की नहर निर्माण थालिएको हो । आर्थिक वर्ष २०७६।२०७७ मा सिँचाइका लागि ५ वटा वडामा ५/५ लाखका दरले २५ लाख लगानी भएको छ । वडा नम्बर ७ को केराबारी कुलोमा ५ लाख, रातपहर झिङ्गनीखोला ६ नम्बर वडामा ५ लाख, वडा नम्बर ५ को शान्ति टोल डिप बोरिङ्ग ५ लाख, भेरीगंगा ११ को दर्मालीटोल भेरी लिफ्ट सिँचाइलाई १५ लाख, धनुवास सिँचाइ वडा नम्बर १ मा ६ लाख, धारापानी सिँचाइ ड्याम ५ लाख रहेको छ । यस्तै यो वर्षमा भेरीगंगा २ को लेखपराजुल धारापानी सिँचाइ ड्याम ३ लाख, २ वडाको सिमलतडा सामरखोली सिँचाइकुलो ६ लाख, मुलपानी पूरानोगाउँ सिँचाइ कुलो ५ लाख लगानी भएको छ । वडाले पनि आफ्नै बजेटमार्फत सिँचाइका काम भएका छन् ।

सिँचाइमा नगरकार्यपालिकाले विशेष प्राथमिकता दिएको नगरकार्यपालिका सदस्य शेरबहादुर कामी बताउनुहुन्छ । सिँचाइका काम लकडाउनको समयमा पनि बैभन्दा धेरै आयोजना काम पूरा भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४।२०७५ मा नगरमा सिँचाइका लाग १ करोड ७६ लाख ५० हजार लगानी भएको छ । आर्थिक वर्ष २०७५।२०७६ सिँचाइमा करोड लगानी भएको छ । जसमा घारीखोला सिँचाइ ड्याम निर्माण ३ लाख, लाखकुरिलेटोल सिँचाइ कुलो १ लाख खर्च भएको छ । तल्लो नेवारटोल सिँचाइ कुलो एक लाख, सुव्वाकुना सिँचाइ कुलो मर्मत एक लाख ५० हजार, वाईसघाटे तोरीवारी सिँचाइ कुलो निर्माण एक लाख ९० हजार खर्च भएको छ । धारापारी लिफ्ट सिँचाइ कुलो निर्माणमा एक लाख ५० हजार, ठुटेपिपल सिँचाइ कुलो निर्माण एक लाख ९० हजार, मैनतडा सिँचाइकुलो निर्माण एक लाख, कालिकाटोल लिफ्ट सिँचाइ मर्मत तीन लाख, झिङ्गनी बजार खानेपानी डिप बोरिङ्ग एक लाख, सिम्तालीटोल सिँचाइ कुलो मर्मत एक लाख, पुर्वेलीटोल लिफ्ट सिँचाइ दुई लाख, हरियालीटोल एकताटोल लिफ्ट सिँचाइ १० लाख, मिलनटोल सिँचाइ कुलो मर्मत एक लाख, लालीगुरासटोल रुमाले सिँचाइ कुलो मर्मत एक लाख खर्चै भएको छ । यस्तैगरी शान्तिटोल गुर्भाकोटीटोल सिँचाइ कुलो तीन लाख, शिव सुन्धाराटोल लिफ्ट खानेपानी एक लाख, शिवशक्ति टोल सिँचाइ कुलो मर्मत एक लाख, भगवती टोल सिँचाइ कुलो बाँध मर्मत दुई लाख, ओमशान्ति टोल सिँचाइ ड्याम निर्माण तीन लाख, डुमकोट सिँचाइ कुलो तीन लाख, अजिङ्गरे सिमलघारी सिँचाइ कुलो तीन लाख, खन्नेघारी सिँचाइ थापाकारे टोल एक लाख ५० हजार, मुलपानी सिँचाइ कुला एक लाख, सामाखोरिया सिँचाइ कुला एक लाख, कैनपानी सिँचाइ कुलो एक लाख, भगवती टोल ड्याम निर्माण एक लाख, कुईरे खोला सरस्वती टोल सिँचाइ कुलो एक लाख खर्च भएको छ ।

नगरपालिका मार्फत दुर्गाटोल जहरे मावि डिप बोरिङ्ग ४ लाख ५० हजार, लेखबेसीटोल डिप बोरिङ्ग ४ लाख, लालीगुँरासटोल पलेल यिडप बोरिङ्ग मर्मत एक लाख, शान्ति जागरण डिपबोरिङ्ग पाँच लाख ५० हजार, गोलपार्कटोल खानेपानी व्यवस्थापन एक लाख, शान्ति जागरण टोल लिफ्ट सिँचाइ एक लाख, लालीगुँरासटोल सिँचाइ मर्मत एक लाख, स्वीकोटी टोल सिंचाई पोखरी डेढ लाख, देउती कृषक समुह सिंचाई निर्माण एक लाख ५० हजार, तिनकुने कृषक समुह सिँचाइ निर्माण डेढ लाख, स्यानीखोली मुहानबाट लिफ्ट टंकी निर्माण एक लाख, मसीना सिँचाइ ड्याम निर्माण ५० हजार र देउतीटोल सिँचाइ लिफ्ट ७५ हजार बजेट खर्च भएको छ ।

Womui
Womui