खोलाको पानी पिउने बाध्यता हट्यो

250

भेरीगंगा नगरपालिकाभित्र खुल्ला र फोहोर खोला, कुवाको पानी पिउनुपर्ने बाध्यता तीन वर्षमा अन्त्य भएको छ । नगरपालिका र वडा कार्यालयमार्फत १३ वटै वडामा स्वच्छ पिउने पानीको व्यवस्था गरिएको हो । आर्थिक वर्ष २०७६।२०७७ वडा नम्बर १० र १२ को लागि छिन्चु खानेपानी आयोजनामा २५ लाख, वडा नम्बर १२ को मसीना पाडुले खानेपानीका लागि ६ लाख र १५ लाख गरि २१ लाख खर्च भएको छ । यस्तै वडा नम्बर १२ मा आनेपानी जेनेरेटर १२ लाख, वडा नम्बर १० को आँपधारा खानेपानीका लाग २८ लाख र ४० लाख गरी ६८ लाख खर्च भएको छ । यस्तै वडा नम्बर ३ को कुटीखोला सिस्नेकुटी खोनेपानीका लागि १० लाख, वडा नम्बर ११ को मनकोटीटोल सुइकोटी टोल लिफ्ट खानेपानीका लागि ८ लाख खर्च भएको छ । भेरीगंगा ११ कै कालीपोधारा खानेपानी आयोजनामा ५ लाख खर्च भएको छ । वडा नम्बर ४ को हात्तीसुडे दमार खानेपानी पाइप खरिद ८ लाख रहेको छ । वडा नम्बर ६ झिङ्गनीबजार खानेपानीका लागि १० लाख, वडा नम्बर १ को माथिल्लो गुरासँे खानेपानीका लागि ३ लाख खर्च भएको छ । वडा नम्बर ७ को प्रगतिशील झ्याक्रेघारी डिप बोरिङ्ग ६ लाख खर्च भएको छ । वडा नन्म्बर ९ को घारीखोला खानेपानीका लागि ५ लाख, वडा नम्बर ६ को छिन्चु अस्पताल खखानेपानी डिपबोरिङ्ग ६ लाख, भर्यांग ओरिया खानेपानी ६.टंयाकी निर्माण वडा नम्बर १ मा २ लाख ५० हजार बजेट रहेको छ । वडा नम्बर १ कै मनिरामकाडा मेहेलपानी खानेपानीमा ३ लाख, बिसगैरा तल्लोटोल खानेपानी टंकी र पाइपलाइन विस्तारमा २ लाख, कोलडाडा खानेपानी टयाङ्की निर्माणमा २ लाख, ६ नम्बर वडाको कालिकाटोल खानेपानीमा ८ लाख, बसेरी केराघारी सिँचाइ ड्याम वडा नम्बर १ मा २ लाख ५० हजार र खानेपानीका ालगि पोलिथिज पाइप खरिदमा १० लाख खर्च भएको छ ।
आर्थिक वर्ष २०७५।२०७६ मा नगरको दमकल पानी पोखरी निर्माणमा ७ लाख खर्च भएको छ । ७ लाख, खानेपानी (वडा नं. १० आँपधारामा ३० लाख र वडा नं. १२ छिन्चु खोपानीमा १२ लाख र मसिना पाडुले १५ लाख खर्च भएको छ । गोठेरीटोल बृहत खा.पा. भेरीगंगा ११ मा ११ लाख ५० हजार खर्च भएको छ । भेरीगंगाका युवा नेता रगवीर मिजारले नगरभित्र खुल्ला र खोलाको पानी पिउनुपर्ने बाध्यता हटेको बताउनुभयो । भेरीगंगा वडा नम्बर ३ का वडाअध्यक्ष जीतबहादुर सुनारले सहज, स्वच्छ र सफा खानेपानी पिउने व्यवस्था अहिले सबै वडामा गरिएको बताउनुहुन्छ । नगरपालिकाभित्र खानेपानी आयोजना, हातेपम्प, कुवाबाट समेत सार्वजनिक पिउने पानीको व्यवस्था गरिएको उहाँले भन्नुभयो । आर्थिक वर्ष २०७४।२०७५ मा २ करोड ९० लाख ५० हजार खानेपानीमा खर्च भएको । वडा नम्बर १ को सुनकाउली खा.पा, गुरासे खा.पा. मनिरामकांडा खा.पा., घुमाउने खा.पा. तल्लो भ¥याङ्ग खा.पा आयोजना सम्पन्न भएको छ । यस्तै वडा नम्बर २ को रतुपानी खा.पा, धारापनी खा.पा., ज्ञवाली खोरीया खा.पा, सिरमुल खा.पा., थर्मुसे खा.पा., भारखोली खा.पा. र घाग्राघारी र गोगनपानी पाइप खरिद सम्पन्न भएको छ । वडा नम्बर ३ मा भेरीगंगा ३ साविक ७, ८, ९ खा.पा र बोक्से खा.पा.आयोजना सम्पनन भएको छ । वडा नम्बर ४ को मुरलीखोला ओदालगैरा लिफ्ट खा.पा., वडा नम्बर ४ को सुवाकुना भन्ज्यांङ्ग लिफ्ट, हर्रे मसिना लिफ्ट, तातापानी लिफ्ट खा पा रहेको छ । वडा नम्बर ५ को चमेरे खा.पा. मर्मत (तोलिखोला र कालीदमार), बबई हात्तीखाल खा.पा., बबई गेरुवानी खा.पा. सम्पन्न भएको छ । नगरपाकिाले यसबाहेक राताडाँडा पूर्वेलीटोल झिंनीडाँडा । तिजमुल खा.पा. , नयाँ बस्ती खा.पा., घारीवन खा.पा., चिसापानी काठे्घारी खा.पा., सानो खोरिया गाउँमा ४ कुवा मर्मत, कुइनपानी कुवा मर्मत, गोगनखोला कुवा मर्मत, डुमकोट कुवा मर्मत, दर्भानेटोल २ वटा कुवा मर्मत , लक्ष्मीटोल खा.पा., भवगती टोल खा.पा., त्रिवेणीटोल खा.पा., धारापनी टोल खा.पा., ज्यामिरखोला खा.पा, चौखे थलथले खापा, गोचेखोला दोभाने मुल खापा, गोगनपानी खापा, किचबोटे खापा धारा मर्मत, देउतीखोला चौखे टोल खापा, चौखे ठाकुर धारा मर्मत भएका छन् । यस्तै लाखटोल खा.पा. जहरे बजार वोरिङ्ग, पललेलटोल खा.पा. बोरिङ्ग, गोलपार्क टोल खा.पा. बोरिङ्ग, ठूलोजात्रीबाट सानोजात्री खा.पा., आपधारा लिफ्टको इन्टेक निर्माण, नयाँ बस्ती खानेपानी तारबार, रिसांगी टोलको लागि भेरी किनार लिफ्ट खा.पा, अगुवा टोल खा.पा. निर्माण ,साविक २ को गगटे खोलामा पाइप खरिद, बाझखोली खा.पा., कालिखोलामा खा.पा, भेरी किनारा कविराम वादीको जग्गामा खा.पा.,इन्टेक निर्माण, भकिमले मूल खा.पा., साबिक ८, ९ खा.पा. मर्मत र गाइनेनाउला खा.पा मर्मत सम्पन्न भएका छन् ।

Womui
Womui