डा. केसीको जीवन रक्षाका लागि बाँकेमा दबाब कार्यक्रम सार्वजनिक

60

नेपालगन्ज–त्याग्राही डा. गोविन्द केसीको माग र जीवन रक्षाका लागि बाँकेमा दबाबमूलक कार्यक्रम तय गरिएको छ । विगत लामो समयदेखि अमरण अनसनमा बस्नु भएका डा. केसीको माग तथा जीवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न दबाबका कार्यक्रम तय गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा बिहीबार बसेको बैठकले छलफल गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
बैठकले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएर कार्यक्रमको जानकारी गराउने, शुक्रबार बिहान १० बजेदेखि साँझ ५ः०० बजेमा जिल्ला प्रशासन कार्यालय अगाडि नागरिक समाजको तर्फबाट रिले अनसन (अनिश्चितकालीन) गर्ने तय गरेको छ । बैठकले केसीको माग पूरा गराउन विश्वजित तिवारीको संयोजकत्वमा दबाब समूह गठन गरेको छ । समूहका सदस्यमा गैसस महासंघ बाँके प्रतिनिधि, कृष्णदेवी पाण्डे, जयसिंह केसी, र ललित रौनियार रहेका छन् ।स्वास्थ्य, शिक्षा र सुशासनको विषयमा जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.गोविन्द केसीले गत २५ दिनदेखि सत्याग्रह सुरु गरी हाल काठमाडौं त्रिभुवन युनिभर्सिटी टिचिङ हस्पिटलमा आमरण अनसनमा बसेका छन् । उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उनका सहयोगीले बताएका छन् ।

Womui
Womui