नेपाल एयरलाइन्सलाई कारबाही

95

काठमाडौं– काठमाडौं–हङकड रुटको उडान भर्न नेपाल एयरलाइन्सलाई दुई साताका लागि प्रतिबन्ध लागेको छ ।  नेपालबाट हङकङ पुगेका ६ यात्रुमा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सलाई हङकङ उडान भर्नका लागि कारवाहीस्वरुप दुई साताका लागि हङकङले उडान रद्द गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएका यात्रुमा नै हङकङमा कोरोना देखिएको हो । नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइन्छ । तर, हङकङ पुगेका यात्रुमा कोरोना देखिएपछि नेपाल एयरलाइन्स कारवाहीमा परेको हो । नेपाल एयरलाइन्सलाई ४ अक्टोबरबाट लागेको प्रतिबन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुनेछ ।

Womui
Womui