माथेबासमा ९३ जना कांग्रेसमा प्रवेश

161

बाँके(शमशेरगन्ज)– बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं .२ माथेबासमा सोमबार ९३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस राप्तीसोनारी वडा नं २ गाउँ कार्यसमितिको आयोजनामा गरेको पाटी प्रवेश कार्यक्रममा वडा नं.२ का विभिन्न पाटी परित्याग गरि ९३ जना नेपाली कांगे्रसमा प्रवेश गरेका हुन् ।

नेपाली कांंगे्रस बाँकेका उप सभापति फुलाराम थारु, जिल्ला सचिव तप्त पौडेल,बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधव राम खत्री लगायतले नव प्रवेशीहरुलाई पाटी प्रवेश गराएका थिए । पाटी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अथिति फुलाराम थारुले नेपाली कांगे्रसको निति विचार र सिद्धान्तलाई मन पराएर पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको बताए । उनले नेकपाको दुई तिहाई बहुमतको सरकार असफल भएको बताउदै यो सरकार भ्रष्टचार र आर्थिक अनियमितमा डुबेको बताए । कार्यक्रममा बोल्दै विशिष्ट अथिति तप्त पौडेलले नेकपा सरकारले जनतालाई आश्रसन पूरा नगरेको बताउदै नेकपाको सरकारबाट जनतालाई न्याय नहुने बताए । त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति क्षेत्र नं.१ का माधव खत्रीले नेपाली कांंगे्रसको निति तथा सिद्धान्त र प्रतिवद्धता प्रति जनता आकर्षण हुन अहिले नागरिकको आशा र भरोसाको पाटी नेपाली कांग्रेस भएको बताए । नेपाली कांग्रेस राप्तीसोनारीका सभापति भिम बहादुर राणाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांगे्रस महासमिति सदस्य भानभक्त भट्टराई, संगिता चौधरी, क्षेत्रीय सचिव डिल्ली गिरी ,जिल्ला सदस्य पवन शाह लगायत जिल्ला क्षेत्रीय र स्थानीय नेता कार्यकताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेस राप्तीसोनारीका सचिव तुलाराम खत्रीले सञ्चालन गरेका थिए ।

Womui
Womui