व्यवसायीक पशुपालनबाट रोजगार सिर्जना

240

नरैनापुर गाउँपालिकाले बर्सेनि व्यवसायीक पशुपालनमा ५० लाख बढी खर्च गर्दै आएको छ । कृषि क्षेत्रमा निर्भर नरैनापुरमा व्यवसायीक पशुपालनमार्फत रोजगारी सिर्जना गर्न पशुपालनमा जोड दिँदै आएको हो ।

आर्थिक वर्ष २०७६।२०७७ मा पशुपंक्षी तालिमका लागि ५ लाख, माछा पोखरी निर्माणमा ५ लाख, गोठ सुधार अनुदान ५ लाख, माछा भुरा खरिद अनुदान ५ लाख, पशु औषधी खरिद ६ लाख बजेट खर्च भएको छ । यस्तै पशु स्वास्थ्य व्यवस्थापन २ लाख, पशुपालन तालिम अनुदानमा २० लाख खर्च भएको छ । आर्थिक वर्ष २०७५।२०७६ मा पशु शाखामा ३२ लाख ९१ हजार बजेट खर्च भएको छ । पशु फार्म दर्ता तथा पशुपालक कृषक समूह गठन परिचालन अभियानमा २ लाख, पशु औषधि खरिद २ लाख, पशुपन्छी फार्म सहकारी, घाँसखेती, सरकारी निजी गैरसरकारी स्थानमा जिल्ला भ्रमण एक लाख, दूध÷दूधजन्य पदार्थ प्रशोधन सम्बन्धी एक दिने तालिम ९० हजार, भ्यागुते र चरचरे खोप खरिद २ लाख, व्यवसायिक बाख्रा फार्म, भेडा फार्म वा समूहमा संचालित बाख्रा फर्मलाई ७५ प्रतिशत अनुदानमा प्रजनन योग्य बोयर बोका वितरण सबै वडामा १२ लाख, २ दिने व्यवसायिक बाख्रा पालन तालिम ८० हजार, व्यवसायिक गाई, भैँसी, भेडा बाख्रा, कुखुरा फार्महरूलाई आन्तरिक, बाह्य परजीवी तथा भिटामिन खनिज वितरण डेढ लाख खर्च भएको छ । यस्तै घाँसको बीउ वितरण जस्तैः जै, मेच, वर्षायाममा एक लाख, प्रयोगशाला सामग्री खरिद डेढ लाख, २ दिने व्यवसायिक भैँसीपालन तालिम र कुखुरा पालन तालिमका लागि १ लाख खर्च भएको छ । यस्तै गाउँपालिकाले पशु शाखामार्फत् आर्थिक वर्ष २०७४।२०७५ मा ३२ लाख ८१ हजार खर्च भएको छ । जसमा पशु फार्म दर्ता तथा पशुपालक कृषक समूह गठन परिचालन अभियान २ लाख, पशु औषधि खरिद ३ लाख, पशु औषधि खरिद १ लाख, व्यवसायिक गाई, भैँसी, भेडा बाख्रा, कुखुरा फार्महरूलाई आन्तरिक, बाह्य परजीवी तथा भिटामिन खनिज वितरण डेढ लाख, व्यवसायिक बाख्रा फार्म भेडा फार्म वा समूहमा सञ्चालित बाख्रा फर्मलाई ७५ प्रतिशत अनुदानमा प्रजननयोग्य बोयर बोका वितरण १२ लाख, डिस्पेन्सरी÷फिल्डको लागि आकस्मिक किट सहितको सामग्री खरिद डेढ लाख खर्च भएको छ ।

यसैगरी दुई दिने बाख्रा, कुखुरा र भैसीपालन तालिम २ लाख, भ्यागुते र चरचरे खोप खरिद २ लाख, जैविक सुरक्षा तथा जुनोटिक रोग सम्बन्धी २ दिने तालिम, बिमा सम्बन्धी एक दिने अन्तक्र्रिया गोष्ठी, सन्तुलित आहारा तथा दाना बनाउने तालिम २ दिने, दूध÷दूधजन्य पदार्थ प्रशोधन सम्बन्धी एक दिने तालिम सम्पन्न भएका छन् ।

Womui
Womui