विकट गाउँ जोड्दै झोलुङ्गे र बेलीब्रिज पुल

44

भेरीगंगा नगरपालिकाले आफ्नै श्रोत बजेटबाट स्थानीय सरकारको संस्थागतपछि नगरभित्रका विकट गाउँ जोड्न् ११ वटा झोलुङ्गे र बेलीब्रिज पुल निर्माण गरेको छ । यस्ता पुल निर्माणपछि विकटका गाउँहरू एक खोलाबाट अर्कोखोला र एक डाँडाबाड अर्को डाँडाका बस्तीहरू जोडिएका छन् । नगरको डाँडा र चुरे पहाडमा रहेका गाउँहरूलाई खोला र एक डाडाँबाट अर्को डाडाँमा आवतजावत सहजताका लागि दर्जन झोलुङ्गे र बेलीब्रिज पुल निर्माण गरिएका हुन् ।

तीन आर्थिक वर्षमा नगरपालिकाले २० लाखदेखि ४० लाखको लगानीमा यस्ता पुल निर्माण गरेको हो । भेरीगंगा नगरपालिकाले अहिलेसम्म कुईनपानी दोभान खोला झोलुङ्गे पुल, थर्मुसे कालपानी जोड्ने झोलुङ्गे, वोक्से पटारे जोड्ने झोलुङ्गे, हाइभाङ्गटोल झोलुङ्गे, हात्तिखाल चेपाङ्ग झोलुङ्गे पुल, गेरुवानी वनगाउँ पुल बबई, सनिमोर झोलुङ्गे, चुकेताल झोलुङ्गे, बनगाउँ झोलुङ्गे पुल, डुंगीखोला झोलुंगे पुल र लोदे झोलुङ्गे पुल निर्माण भएका हुन् । गएको आर्थिक वर्ष २०७४।२०७५ मा नगरपालिकाले झोलुङ्गे पुल निर्माणका लागि १ करोड ३० लाख र कल्भर्ट पुल निर्माणमा ७० लाख खर्च भएको छ । यो अवधिमा बबई हात्तिखालको भुटनडाडा खोला कल्भर्ट, गेरुवानी जाने मिमिरे खोला, देउतीखोला कल्भर्ट, बाजखोला, देउतीखोला कल्भर्ट, चिउरीखोला कल्भर्ट, राजी कल्भर्ट, मानकोटी टोल नाराखोला कल्भर्ट निर्माण भएका छन् । आर्थिक वर्ष २०७६।२०७७ मा जहरे गुमी झोलुङ्गे पुल मर्मत ५ लाख, नगरले निर्माण गरेका झोलुङ्गे पुल भुक्तानी बाँकी १६ लाख खर्च गरिएको छ । यस्तै यो अवधिमा वडा नम्बर १३ रामघाट रिङ्गरोड कल्र्भट २० लाख, १२ नम्बर मसिना कल्र्भट १० लाख, वडा नम्बर ४ बाँसखोला कल्र्भट १२ लाख, हात्तिसुडे मुलनजिक ४ नम्बर वडामा १० लाख, ४ नम्बरको गईऐनारा कल्भर्ट ३ लाख र वडा नम्बर १३ को थोत्रेखोला कल्र्भट १५ लाख खर्च भएको छ । भेरीगंगा ८ को अधुरो कल्भर्टमा ५ लाख खर्च भएको छ । यस्तै आर्थिक वर्ष २०७५।२०७६ मा कल्भर्ट निर्माण वडा कार्यालय १३ जाने खोलामा, ५ नम्बर वडामा बबईको चिसापानी खोलामा कल्भर्ट निर्माण ११ लाख खर्च भएको छ ।

डाँडाको बस्तीमा खोला तरेर घर पुग्न घण्टौ लाग्ने समस्या झोलुङ्गे पुल निर्माणपछि अन्त्य भएको भेरीगंगा ७ कैईनपानीका स्थानीयबासी बालाराम थापा बताउनुहुन्छ । कैइनपानीमा २१ लाखमा झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माणपछि यहाँका २१ घरधुरी लाभान्वित भएको थापाले जानकारी दिनुभयो ।
वर्षातमा खोलाका कारण आवतजावत बन्द हुने यहाँका नागरिक झोलुङ्गे पुल निर्माण भएपछि दिनरात सहज रूपमा वारपार गर्न सक्ने भएका छन् । यस्तै नगरपालिकाले झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयको दैनिकी फेरिएको भेरीगंगा ३ डुङ्गीखोलाकी दुर्गा खड्का बताउनुहुन्छ । डुङ्गीखोलामा झोलुङ्गे पुल निर्माणपछि दैनिक आवतजावत र एक गाउँबाट अर्को गाउँमा पुग्न सहज भएको थापा बताउनुहुन्छ । डुङ्गीखोलामा भर्खरै ३४ लाख १२ हजार २७४ रूपैँया लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । साभारः समृद्ध भेरीगंगा

Womui
Womui