भेरीगंगा नगरभित्रका सडकमा कालापत्रे शुभारम्भ

333

भेरीगंगा नगरपालिकाले नगरभित्रका बजार, व्यवसासय र बढी आवतजावत हुने सडकहरूको कालोपत्रे शुभारम्भ गरेको छ । गाउँ, विकट र दुर्गम क्षेत्रमा सडक नँया ट्रयाक खोल्दै, ग्राभलिङ्ग, नाला निर्माण गर्दै आएको नगरपालिकाले बजारी, शहरी र बढी चाँप हुने सडकहरू कालोपत्रे थालेको हो । अहिलेसम्म नगरको बजेटमार्फत् ६० लाख लगानीमा भेरीगंगा ८ को विजयमार्ग वडा कार्यालय जाने सडकको ५ सय मिटर कालोपत्रे सम्पन्न भएको छ । छिन्चु डोल्पा सडकदेखि मैनतडामा रहेको वडा कार्यालयसम्मको सडकमा दुई आर्थिक वर्षमा ३०/३० लाखगरि ६० लाखमा कालोपत्रे भएको हो । सडक कालोपत्रे भएपछि आवतजावतमा सहज भएको भेरीगंगा ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले बताउनुभयो । पहिला सडकमा धुलो, हिलो हुने गरेपनि कालोपत्रेपछि सहज यात्रा हुने गरेको स्थानीय सरकार गाउँघरमै आएको महसुस गरेको खत्रीले भन्नुभयो । आर्थिक वर्ष २०७४।२०७५ मा भेरीगंगा नगरपालिकाले सडकमा ४ करोड ६८ लाख ५० हजार बजेट खर्च गरेको छ । जसमा सडक कालोपत्रेमा ७० लाख खर्च भयो । सडकमा हिमपाईपमा ५० लाख खर्च भएको छ । आर्थिक वर्ष २०७६।२०७७ मा सडकतर्फ नगरपालिकाले भेरीगंगा ८ कालोपत्रे विजयमार्ग सडकमा ३० लाख, इप्रका छिन्चुदेखि पिपलचौतारा छिन्चु खोलासम्म कालोपत्रे गर्न ४० लाख खर्च भएको छ । यस्तै कालिदमार सडक कालोपत्रे २० लाख खर्च भएको छ । यो आर्थिक वर्षमा सडकका ठूला आयोजनाहरूमा नगरपालिकाले १० देखि एक करोडसम्म खर्च गरेको छ । जसमा हर्रे मनिरामकाँडा सडक निर्माण १ करोड ५० लाख, छिन्चु घारीवन सडक ७० लाख, तल्लो भर्नेनीदखि माथिल्लो भर्ने सडक १० लाख, रिङ्गरोड झोलुङ्गे पुल हुँदै भेरेलटोलसम्म भेरीगंगा ९ मा १० लाख, भेरीगगा ६ को लामाखाली टोल सिम्ताली डाँडा सडक १० लाख, भेरीगंगा १३ को ताउलेखोला पूरानो दुधडेरी हुँदै लालीगुराँस माविसडक १० लाख, भेरीगंगा ६ को खोल्टेपानी सडक १० लाख, भेरीगंगा ८ को धारापानी गौरी सडकमा १० लाख, भेरीगंगा ४ को चाइनापुल मुरली खोला १२ लाख ५० हजार, हर्रे मसिना चमेरेगुफा सडक १२ लाख ५० हजार, सिमवास नुवास सडक २२ लाख, डोटे काठेघारी सामाखोरिया सडकमा १५ लाख, सिस्नेरी देवस्थल सडकमा ३५ लाख खर्च भएको छ ।

भेरीगंगा वडा नम्बर १० का वडाअध्यक्ष मानबहादुर बुढाले नगरपालिकाले वडाभित्रका सडक कालोपत्रेका लागि काम थालनि गर्दा खुशी लागेको बताउनुभयो । छिन्चु बजारका भित्री र आसपाका सडकमा कालोपत्रे थालनी भएको उहाँको भनाई छ । अवको बाँकी २ वर्ष आफ्नो वडाका सडकमा कालोपत्रे प्राथमिकतामा पारिने बताउनुभयो । आर्थिक वर्ष २०७५।२०७६ मा सडकतर्फ विजयमार्ग वडा नं. ८ कार्यालय जाने सडकमा ३० लाख, हर्रे मनिरामकाडा सडक निर्माण १ करोड २० लाख, छिन्चु घारीवन काठेघारी सडक निर्माण ७०, सत्तरी वाग्ले सडक निर्माण २३ लाख, गुरासे देखि भ¥याङ सडक निर्माण १० लाख, चाइना पुल हर्रे सडक निर्माण १० लाख, टाकुरी सिमवास तल्लो भ¥याङ माथिल्लो भ¥याङ हुदै मनिरामकाडा जोड्ने मोटरवाटो निर्माण भएको छ । यस्तै आर्थिक वर्ष २०७४।२०७५ को यो अवधिमा ८० लाखमा हर्रे–मनमकाँडासम्म सडक निर्माण भयो । यस्तै नगरपालिकाले, गुरासेदेखि टाकुरी सिम्बास हुर्दै धनुवास ट्याक, बसेरी धनुवास मनमकाँडा सडक, सत्तरीदेखि मोती वाग्ले सडक, मुरलीखोला एकराते डुंगी सिस्नेकुटी हुँदै गौचेगैरा सडक, ऐमालोसे अम्लेसियाली धानखोरे कोटमेरी हुँदै भित्रीखोला सडक निर्माण भएका छन् । यस्तै अहिलेसम्म नगरपालिकाले नगरको रकमबाट कालपानी–चैते–रातापानी हुँदै मोहटी कालपानी, स्कुलटोल सामरखोली डाडाघरे हुँदै बुढाथोकी टोल, देउराली कुटी हुँदै भित्रीखोला स्कुल टोलसम्म, बोक्से सडक, हर्रे मसिनादेखि चमेरे गुफा सडक, सुबाकुना भन्ज्याङ्ग सडक, सानो हर्रेदेखि सालघारी सडक, कालिखोलादेखि ओदालगैरा सडक निर्माण भए । यस्तै पुलको बाँधदेखि बासखोला सडक, ताउले पुलदेखि गुरुङटोल ग्राभेल र नाला, हात्तिसुडे ग्राभेल र पक्की नाली, झोलुंगे पुल देखि ठाडोवाटो सोरेल्निको घरसम्म रिङ्ग रोड ग्राभेल र नाली कटिङ्ग, कालिदमार–तल्लोदमार सडक, माथिल्लो भरलेनी सडक, तालबारी देखि गारतारे खुट्टी जाने सडक, सिरेनीदेखि च्यूरिगैरा सडक, सिरेनीदेखि लेखहात्तिखाल सडक, घारीवन रिङ्गरोड ग्राभेल नाली, चिउरीगैरा हँुदै लेखझिंनी जोड्ने सडक, सानोकिच राताडाँडा पूविटोल झ्याक्रे सडक, सिम्टालीडाँडा नयाँबस्ती कान्तिपुर टोल सडक निर्माण भएका छन् । यसैगरी अहिलेसम्म ठूला सडकहरूमा टमटाटोल स्वास्थ्य चौकी जोड्ने सडक, काठेघारी गैराटोल कार्कीगाउँ सडक नाली र ग्राभेल, दर्मालीटोल झ्याक्रेघारी मानकोट सडक, काठेघारी डुमकोट सडक, सामाखोरेदेखि कुइनपानी सडक, कालिका भगवती मन्दीरदेखि चौके सडक, घद्ध कुइरे रिङ्गरोड सडक, गौरीटोल नागेश्वर मन्दिरसम्म बाटा, मूल सडकदेखि विजयटोल लक्ष्मीटोल सडक, मूल सडकदेखि धारापानी मैनतडा ग्राभेल, चौखे विद्यालय हुँदै चैरेल टोल मैनतडा, चौखेदेखि देउतीखोला वडा कार्यालय, लोरे खोला मसानघाट जाने सडक, जहरे झिंगनी सडकदेखि गोलपार्क डांगीटोल शान्तिपुर सडक निर्माण भएका छन् । यसबाहेक अहिmलेसम्म नगरपालिकाको बजेटमा रिङ्गरोड सिर्पाइली टोल, मेघालटोल पलेलटोल पौडेलटोल घारिगाउले, भुरालटोल, भेरीनदीसम्म जाने सडक नाली ग्रावेल, घारीखोला मानकोटी अम्रेटोल सडक कुइरे सडक, नाच्नेखोलादेखि प्रावि ठूलोजात्री शान्तिटोल, बाल मन्दिरदेखि सौर्यटमट हुदै घारीवन जोड्ने सडक, खानेपानी ट्यांकीदेखि लोक राना घर हुँदै जोखे नकाल बालकोटी नकाल कमानसिंह कामीको घर सडक, कुसारीको घरदेखि सिसौघारी सडक ग्राभेल नाली, टाकुराटोल सिम्टालीटोल हुँदै रिङ्गरोड जोड्ने सडक निर्माण भए ।

कर्णबहादुर खत्रीको घरदेखि खगीसरा पुनको घरसम्म, वडा कार्यालय छिन्चुदेखि प्रभातमावि झिलमिलेसम्म ग्राभेल नाली, थानीचौर पीपल चौतारी हुँदै मदानीचौर, महिला विकासदेखि कट्टेलटोल प्रसादे दमाईको घरसम्म, दाव्रेटोलको पिपलको रुखदेखि रिङ्गरोड हुँदै मसानघाटसम्म नाली र ग्राभेल, प्रहरीचौकी रामघाटदेखि प्युसेन माइलाको घर हुँदै पूर्ण भण्डारीको घरसम्म ट्याक खोल्न, नुवाकोटी टोल सरस्वती विद्यालयदेखि हिमालीटोल मिलनचोक, गगटेखोली भेरालटोल, प्रहरीचौकी घवाने टोल रानीवगर, राताचौर सडक खण्डबीच नरुजैसी, जंग शाही हुँदै प्रेम शाहीको घरदेखि साँधी खोला जोड्ने सडक, डिलबहादुर खत्रीको घरदेखि रत्न राना हुदै हर्क जिसीको घर हँुदै साधीखोला जाने, डिलबहादुर खत्रीको घरदेखि मेनरोड सडक, इन्द्र ब घर हँुदै पूर्णबहादुर घर हुँदै सडक, चन्द्रोदय निमावि लालबहादुर वलीको पसल छिन्चु जाजरकोट जोड्ने सडक निर्माण भएका छन् । साभारः समृद्ध भेरीगंगा

Womui
Womui