विभिन्न कार्यक्रम गरी दिवस मनाइने

111
फाइल तस्बिर ।

नेपालगन्ज–अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।सोमबार २८ सेप्टेम्बरका दिन पर्ने दिवसको अवसरमा सूचनाको हक सम्बन्धी ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा जोड दिइनेछ ।
नागरिकको थाहा पाउने अधिकार अन्तर्गत सूचनाको हकलाई सार्वजनिक निकायले सबै सूचना तथा जानकारी सार्वजनिक गर्नु पर्ने हुन्छ । तर अहिले त्यस्तो नभएको पाइन्छ । यसै सन्दर्भमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
संस्थाले प्रदेश ५ अन्तर्गत पर्ने सम्पूर्ण स्थानीय तहमा कोभिड–१९को खर्च विवरण सार्वजनिकको सूचना माग गर्ने, प्रदेशका मुख्यमन्त्रीसमक्ष सूचनाको हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाउने, बाँके र बर्दियामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालको प्रत्येक तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नु पर्ने सूचना विवरणको सार्वजनिकीकरण गर्नेलगायतका कार्यक्रम गर्ने भएको छ । दिवसलाई भव्यता र उपलब्धिमूलक बनाउनका लागि अभियानमूलक कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष विश्वजीत तिवारीले बताए ।

Womui
Womui