लोकसेवा आयोगका रोकिएका परीक्षा कात्तिकदेखि हुने

40


छिनछिन खबर
काठमाडौं–
लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । ती परीक्षा कात्तिक १८ देखि हुने आयोगले जनाएको छ । आयोगले परीक्षाको नयाँ तालिका पनि सार्वजिनक गरिसकेको छ । आयोगका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुनेछ ।

त्यस्तै व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा) को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुनेछ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुनेछ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले जनाएको छ ।

नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा भने दशैं अगाडि नै गर्ने आयोगले तयारी गरेको छ । नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । दुवै परीक्षाहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजे हुनेछन् । यी समूहमा परीक्षार्थीको संख्या थोरै छ । यस्तै, स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुनेछ । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुनेछ ।

Womui
Womui