महिला उद्यमी बिनालाई रक्षक सेक्युरिटिजको सहयोग

36
महिला उद्यमी बिना शर्मालाई सहयोग हस्तान्तरण गरिँदै ।

नेपालगन्ज– नेपालगन्जकी महिला उद्यमी बिना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ । सेक्युरिटिजका अधिकृत गणेशबहादुर राईले शर्माको निवासमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
राईले बिनाको उपचारका लागि सहयोग अभियानमा खटिएकी महिला उद्यमी दिला शाहमार्फत् चेक हस्तान्तरण गरेका हुन् । ‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ,’ अधिकृत राईले भने, ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो ।’ बिना साथी कृष्ण कटेजकी संचालक हुन् । सानो पसलबाट महिला उद्यमी बनेकी बिनाले सफल उद्यमीको रूपमा आफूलाई उभ्याउँदै उक्त कटेज संचालन गरेकी थिइन् । शर्मा केही समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालिएको छ ।
काठमाण्डौ बालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगन्ज कार्यालयले प्रदेश नं. ५,६ र ७ हेरिरहेको अधिकृत राईले बताए ।

Womui
Womui