कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर भेरीगंगामा

301

पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरिएको छ । एक करोड ७९ लाख रूपैयाँको लागतमा कोल्ड स्टोर निर्माण भएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगंगा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना (रिजमएफपी), नारी जागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको संयुक्त लगानीमा कोल्ड स्टोर तयार भएको हो ।

नारी जागरण बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ज्ञानु भूषालका अनुसार कोल्ड स्टोरका लागि कोहलपुर जानुपर्ने बाध्यताको अन्त्य भएको छ , उहाँका अनुसार कोल्ड स्टोरमा दुई सय मेट्रिकटन आलुको बीउ भण्डारण गर्न सकिन्छ । ‘सहकारी र समूहमा आवद्ध सबैले आलुको बीउ उत्पादन गर्ने गरेका थिए, अव आफ्नै कोल्ड स्टोर सञ्चालनमा आउँदा धेरै सहज हुने अध्यक्ष भुषाल बताउनुहुन्छ । कर्णाली प्रदेशमा पहिलो पटक कोल्ड स्टोर सञ्चालनमा आएको हो । कर्णालीलाई बीउमा आत्मनिर्भर बनाउनका लागि कोल्ड स्टोर महत्वपूर्ण हुने बताएको छ । ‘कर्णालीमा कोल्ड स्टोर नहुँदा कृषकका उत्पादनहरू लामो समयसम्म भण्डारण गर्न समस्या रहेको थियो ।‘कोल्ड स्टोर सञ्चालनमा आएसँगै कर्णालीमा बीउमा आत्मनिर्भर हुने अवस्था छ ।’ भेरीगंगा नगरपालिकामा रहेको यस चिस्यान भण्डारण केन्द्र २ करोड ९ लाख ५३ हजार ६२३ रूपैयाँको लागतमा निर्माण भएको हो । चिस्यान भण्डार केन्द्र निर्माण भएपछि प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने तरकारी, फलफूल, र बिउबिजन राख्न कृषकलाई सहज भएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई खेर जान नदीनका लागि चिस्यान केन्द्र स्थापना गर्न लागिएकोे भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले बताउनुभयो । ‘भेरीगंंगाको छिन्चु नारी जागरण बहुउद्देश्यीय कृषि समूहको पहलमा चिस्यान केन्द्र निर्माण भएको हो,’ उहाँले भन्नुभयो, ‘उक्त आयोजना राम्रो भए नगरपालिकाको समन्वयमा अरू ठाउँमा पनि चिस्यान केन्द्र खोल्ने योजनामा छौं ।’ । चिस्यान केन्द्र निर्माणका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) बाट ५८ लाख ५० हजार, भेरीगंगा नगरपालिकाबाट ६५ लाख, नारी जागरण बहुउद्देश्यीय कृषि समूहबाट ४१ लाख, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट १५ लाख र गुर्भाकोट नगरपालिकाबाट ५ लाख रूपैयाँ सहयोग गरेको छ । साभारः समृद्ध भेरीगंगा

Womui
Womui