घरेलु उद्योगहरु फस्टाउँदै नरैनापुरमा

144

नरैनापुरमा गाउँपालिकामा ३ वर्षअघिसम्म कुनै पनि घरेलु उद्योग थिएनन् । यहाँको बजार, व्यवसाय पूर्ण रूपमा भारतीय बजारमा केन्द्रित थियो । तर तीन वर्षयता यो अवस्था फेरिएको छ । नरैनापुरमा घरेलु उद्योगहरू दर्ता र संचालन क्रम सुरु भएका छन् ।

अहिले नरैनापुरमा साना ठूला चार वटा इँटा उद्योग रहेका छन् । यो क्षेत्र इँटामा आत्मनिर्भर रहेको छ । यस्तै काठ तथा फर्निचर उद्योग २ वटा रहेका छन् । ३ वटा ग्रिल उद्योग रहेका छन् । यस्तै विद्युतीय र इन्धनबाट संचालन हुने १० वटा सःमिल उद्योग संचालनमा रहेका छन् । यहाँ जडीबुटी प्रशोधन ३ वटा उद्योग प्लान्ट स्थापना भएका छन् । यीबाहेक दूध डेरी उद्योग पनि संचालनमा रहेका छन् । यसबाहेक घरेलु उद्योगका रूपमा नरैनापुरमा कृषि फर्म, माछामासुु, पशुपालन फर्म समेत संचालनमा रहेका छन् । बजार व्यवसाय विस्तार क्रमसँगै यहाँ घरेलु उद्योगहरू दर्ता र संचालन क्रम बढेको हो । यस गाउँपालिकामा आधारभूत तहदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालय जम्मा २१ वटा र मदरसा जम्मा १६ वटा गरी जम्मा ३७ शैक्षिक संस्थाहरू रहेका छन् । लामो समयसम्म विशेष काम जस्तैः नोकरी, वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय पनि संचालन भइरहेका छन् । नरैनापुरको तथ्याक अनुसार अनुपस्थित घरधुरी संख्या ६३४ (१०.७३ प्रतिशत) र ५,२५२ (८८.९० प्रतिशत) उपस्थित घरधुरी रहेको देखिन्छ भने उल्लेख नगरिएको घर संख्या २२ रहेको छ । यस प्रवृत्तिलाई कम गर्न स्थानीय स्तरमै आवश्यक आधारभूत सुविधा साथै रोजगारको अवसरको सिर्जना गर्नुपर्ने देखिन्छ । यस गाउँपालिकामा १५ वर्षदेखि ५९ वर्षसम्मका आर्थिकरूपले सक्रिय जनसंख्याको विवरण देखाइएको छ । जसमा पुरुषको संख्या ९४७५ (५१.०६ प्रतिशत) र महिलाको संख्या ९,०८१ (४८.९४ प्रतिशत) देखिन्छ । आर्थिक रूपले सक्रिय जनसंख्यामा लैङ्गिक रूपमा महिलाको भन्दा पुरुषको सङ्ख्या बढी रहेको देखिन्छ । त्यस्तै गाउँपालिकाको कुल जनसंख्याको १८,५५६ अर्थात् ५३.११ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय छन् ।

आर्थिक रूपले निस्क्रिय जनसङ्ख्या ४६.८९ प्रतिशत छन् । गाउँपालिकाले नरैनापुर क्षेत्रमा घरेलु उद्योग दर्ता र संचालनमा विशेष जोड दिदै आएको छ । व्यवसायीक कृषि खेती गर्ने युवा कृषकहरूको गाउँपालिका स्तरीय सञ्जाल बनाई तिनीहरूलाई अनुदान तथा सहयोगको व्यवस्था गरिँदै आएको छ ।
सहकारीलाई उत्पादन तथा स्वरोजगार स्थापना तर्फ लक्षित गरिनेछ । सहकारी संस्थाहरूको नियमन तथा क्षमता अभिवृद्धि गरी कृषि विकासको मूल आधारको रूपमा सहकारी संस्थालाई स्थापित गरिनेछ ।

Womui
Womui