बाँकेको नरैनापुरका प्रशासकीय अधिकृतको खजुरामा सरुवा

45

नरैनापुर– नरैनापुर गाउँपालिकामा करिब सात महिना प्रमुख प्रशासकीय अधिकृत रहेका मणिराम खरालको खजुरा गाउँपालिकामा सरुवा भएको छ । अधिकृत खराललाई एक कार्यक्रमका बीच आइतबार बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छोटो समय काम गर्ने अवसर मिले पनि कोभिड-१९ को संकटमा फसेको बेला प्रमुख प्रशासकीय अधिकृत खरालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सरुवा भएर गएको ठाउँमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत खरालले बिदाइको क्षण नरमाइलो भए पनि सरुवा बढुवा नियमित प्रक्रिया भएकोले काम गर्दा साथ र सहयोग दिनेप्रति आभार प्रकट गरेका थिए ।

 बिदाइ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रशासन प्रमुख विजय कुमार यादव, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, जिन्सी शाखा प्रमुख भरत महतो, , वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मालगायतको उपस्थिति थियो ।

Womui
Womui