आन्दोलनकारीद्धारा पाँच प्रहरीलाई जिउँदै जलाउने प्रयास

101

विराटनगर, भदौ २३–
मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका पाँच जना प्रहरीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले आज प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोदकुमार खरेलका अनुसार प्रहरी पोष्टमा एक जना प्रहरी सहायक निरिक्षक सहित प्रहरी तथा सशस्त्र प्रहरी खटिएका थिए ।

उनले भने, ‘करिव दुई सयको संख्यामा आएका प्रदर्शनकारीले प्रहरी विटमा तोडफोड गरे र पाँच जना प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरे ।’ प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी भागेको उनले बताए । खरेलका अनुसार त्यसक्रममा सशस्त्र प्रहरीले एसएलआरबाट १० राउन्ड र प्रहरीले सटगनबाट पाँच तथा राइफलबाट एक राउन्ड हवाइ फायर गरेको थियो । प्रहरीले फायर खोलेपछि आन्दोलनकारी त्यहाँबाट तितर बितर भएका थिए ।

Womui
Womui