नरैनापुरमा भारतीय संचारको परर्निभरता हट्यो

65


तीन वर्षअघिसम्म नरैनापुरमा टेलिफोन सम्पर्कका लागि चाहिने मोबाइल नेटवर्क, टेलिभिजन च्यानल, रेडियो संचार र इन्टरनेटका लागि भारतीय बजारमा परर्निभरता थियो । नरैनापुरमै भारतीय मोबाइल नेटवर्क, टिभी च्यानल, इन्टरनेट, रेडियो पहुँच बढी थियो । स्थानीय सरकारी संरचना स्थापनासँगै अहिले भारतीय संचारको निर्भरता हटेको छ । अहिले नरैनापुरमा नेपाली मोबाइल नेटवर्क, टिभी च्यानल, इन्टरनेट र रेडियो, पत्रपत्रिकाको पहुँच रहेको छ ।

अहिले नरैनापुरका ६ वटै वडामा नेपाल टेलिकम र एनसेलका फोन लाग्ने गरेको नरैनापुर वडा नम्बर १ का वडाअध्यक्ष मोल्हे बहेना शेष बताउनुहुन्छ । यस्तै केबुल टिभी, नेपाली डिसहोम समेत प्रष्ट लाग्ने गरेको शेषले बताउनुभयो । बाँके, दांङ्ग र सुर्खेत जिल्लाका एफएम रेडियो तथा रेडियो नेपालको प्रशारण समेत यहाँ सुनिदै आएको छ । बाँके जिल्लाका स्थानीय पत्रपत्रिका र राष्ट्रिय पत्रपत्रिका दैनिक नरैनापुर आईपुग्ने गर्छन् । सूचना र प्रविधिमा भएका नविनतम खोज तथा विकासले गाउँ, समुदाय, देश, अन्तरदेशलाई एउटा सीमाहिन विश्व समुदायको रूपमा रूपान्तरित गरिदिएको छ । दिनानुदिन सञ्चार प्रविधिको प्रयोग विस्तारित भइरहेको छ । सन् १९९० सालको दशकमा सिमित जनसंख्याले प्रयोग गर्ने सञ्चारका माध्यामहरू हाल आधारभूत आवश्यकतामा परिणत भएको छ । ११०.३ प्रतिशत टेलिफोनको घनत्व ४६.५ प्रतिशत इन्टरनेटका प्रयोगकर्ता, रेडियोको राष्ट्रिय प्रसारणमा ८८ प्रतिशत पँहुच रहेको तथ्यांकले सञ्चार क्षेत्रको तीव्र विकास र विकासका अन्य क्षेत्रमा यसको प्रभाव दर्शाउँछ भने हाल पत्रपत्रिका, रेडियो, अनलाइन र टि.भी.को प्रयोग अत्यधिक मात्रमा बढ्दै गएको छ । नरैनापुर गाउँपालिकामा एफ.एम र रेडियो नेपाललगायत विभिन्न स्टेसनहरू जिल्ला तथा केन्द्रबाट सिधा प्रसारण भएको सुन्न सकिन्छ । गाउँपालिकाका सबै वडाहरूमा नेपाल टेलिकम र एनसेल दुवैको फोन र नेट सेवा उपलब्ध गराएको छ । यस गाउँपालिकामा मनोरञ्जनको टि.भि. कार्यक्रमका लागि प्रकाश टिभी. नेटवर्क प्रा.लि. र व्लेजन स्पेश केवल नेटवर्क प्रा.लिका साथै स्याटेलाईट च्यानल प्रसारकहरूले समेत सेवा प्रदान गर्दै आइरहेका छन् ।

गाउँपालिकामा आधा शताब्दीदेखि सञ्चार क्षेत्रमा सेवा पु¥याइरहेको हुलाक सेवा हाल गाउँपालिकाका विभिन्न वडाहरूमा कार्यरत छ । हुलाक कार्यालयले गाउँपालिकाभित्र र गाउँपालिका बाहिर एवम् विदेशमा समेत हुलाक सेवा प्रदान गरिरहेको छ । हुलाक सेवा अन्तर्गत साधारण चिठीपत्रहरू, रजिष्ट्री पत्रहरू, बिमा पुलिन्दा, धनादेश सेवा र बचत सेवाहरू सञ्चालित छन् । यद्यपि सञ्चार र यातायातको तीव्र र उच्च विकासले हुलाक सेवा प्रयोगकर्ताको संख्या न्यून हुँदै गइरहेको छ । साभारः समृद्ध नरैनापुर बुलेटिन

Womui
Womui