प्रशासनले दुःख दिएको भन्दै बाँकेका दुग्ध ब्यवसायी आन्दोलित

162

नेपालगन्ज, भदौं २५-
बाँके प्रशासनले ब्यवसायीलाई दुःख दिएको भन्दै बाँकेका दुग्ध ब्यवसायी बिहीबारबाट आन्दोलित भएका छन् । स्थानीय प्रशासनले केहीदिन यता प्रशोधन नगरिएको दुध विक्री, वितरण नगर्न ब्यवसायीलाई चेतावनी दिदै आएको छ । सरकारी निकायले अनुगमन गरेर खुल्ला दुध विक्री गर्ने विरुद्ध कारबाही गर्न थालेपछि ब्यवसायी आन्दोलित भएका हुन् ।

असन्तुष्ट ब्यवसायीले सम्पुर्ण विक्री केन्द्र बन्द गरेर बिहीबार कारोबार ठप्प पारेको दुग्ध ब्यवसायी चेतनारायण शर्माले बताए । ‘बन्द अवस्थामा रहेका काउण्टरका सटर पनि पुलिस लगाएर प्रशासनले मुचुल्का उठाउने काम गरिरहेको छ, ब्यवसायीलाई अनावश्यक दुःख दिने, अभद्र ब्यवहार गरेपछि आन्दोलित हुनु परेको हो,’ उनले भने । स्थानीय प्रशासनले ठुला दुग्ध उद्योगको आडमा साना ब्यवसायीलाई दुःख दिने काम गरेको शर्माले बताए ।

Womui
Womui